टाइम फर्मास्युटिकलको औषधी न्युन गुणस्तर, फिर्ता लैजान विभागको निर्देशन

  २०७४ भदौ २८ गते ९:२१     विकासन्युज

काठमाडौं । नवलपरासीको मुकुन्दपुरमा रहेको टाइम फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तर पाइएको छ ।
औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधीको नमुना परीक्षण गर्दा टाइमले उत्पादन गरेको जिलिपाइड २ जिलिम्प्राइड ट्यावेलेट न्युन गुणस्तरको भएको विभागले जानकारी दिएको छ । विभागले औषधी बिक्री रोक्का गरी तुरुन्त फिर्ता लैजान टाइमलाई भनेको छ ।
औषधी पसललाई सो कम्पनीको औषधी बिक्री वितरण नगर्न विभागले भनेको छ । न्युन गुणस्तर हुनुको विवरण एक साताभित्र पेश गर्न विभागले टाइमलाई निर्देशन दिएको छ ।
टाइमले उत्पादन गरेको सो औषधीको डिजुलुसन परीक्षण असफल भएको विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.