संचय कोषको कामु प्रशासकमा दीपक रौनियार

  २०७४ भदौ २६ गते ९:५५     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियार नियुक्त भएका छन् ।

कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबार दिएको हो ।

यसअघि जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका छन् ।

कोषमा कार्यरत रौनियार प्रतिस्पर्धाबाट जलविद्युत लगानीको सीईओ भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.