नाडा अटो शोमा डेढ लाख भन्दा कम मूल्यका बाइक, उपभोक्ता तान्न आकर्षक छुट

  २०७४ भदौ १३ गते १८:५७     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न सस्तादेखि महंगा बाइक तथा स्कुटरहरु प्रदर्शनीमा राखिएका छन् । बंगलादेशको कम्पनी रमन मोटर्सले  न्युन तथा मध्यम वर्गका उपभोक्तालाई लक्षित यस्ता बाइकहरु डेढ लाख भन्दा कम मूल्यमा बाइक राखेको छ ।

नेपालको टु ह्विलर बजारमा इन्ट्री लेबलका बाइकहरुको माग उच्च रहेको छ । अटो शोमा बाइकहरु आकर्षक छुटसहित प्रदर्शनीमा राखिएका छन् ।कम्पनीले सबै बाइकमा १२ हजार रुपैयाँ छुट दिएको छ ।

एडी ८० डिलक्स

८५ सिसि डिसप्लेसमेन्ट भएको यो बाइकको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ । बजार मूल्य १ लाख ५७ हजार रुपैयाँ रहेको यो बाइकमा नाडा अटो शोको अवसरमा कम्पनीले १२ हजार छुट दिएको हो ।

६.१४ बिपिएच क्षमताको पावर रहेको यो बाइकको फ्युल ट्यांक क्षमता ९ लिटरको छ ।

बाइक आरटी

अटो मेलामा बाइक आरटी ८० सिसि बाइक एक लाख ३२ हजार रुपैयाँमा किन्न पाइन्छ ।  ८० सिसि डिसप्लेसमेन्ट रहेको छ ।

यसको बजार मूल्य भने १ लाख ४४ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले यसमा १२ हजार रुपैयाँ छुट दिएको छ ।

चिता १०० सिसि

शोमा रमन मोटर्सको चिता १०० सिसि बाइक एक लाख ४७ हजार रुपैयाँमा उपलब्ध छ ।  १०० सिसि डिसप्लेसमेन्ट भएको यो बाइकको फ्युल ट्यांक क्षमता १३ लिटरको छ । यसको ह्विलबेस १२२० एमएम छ भने ग्राउण्ड क्लियरेन्स १५० एमएमको छ । यसले ६० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ ।

यसको बजार मूल्य भने १ लाख ६९ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले यसमा १२ हजार रुपैयाँ छुट दिएको छ ।

एडी८० एलोइ

रमन मोटर्सको बाइक एडी ८० एलोइ बाइक एक लाख ४२ हजार रुपैयाँमा किन्न पाइन्छ ।  यसको ८० सिसि डिसप्लेसमेन्ट रहेको छ ।

बजार मूल्य १ लाख ५४ हजार रुपैयाँ रहेको यो बाइकमा कम्पनीले १२ हजार रुपैयाँ छुट दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.