सुर्या लाइफले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

  २०७४ भदौ ११ गते ११:०९     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर अर्थात ६ करोठ ५६ लाख रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

बोनस सेयर वितरण गरेपछि हुने पुँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर पनि निष्काशन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर र हकप्रद सेयर सम्बन्धी प्रस्तावलाई भदौ २७ गते हुने साधारण सभाबाट पारित गरेर कार्यान्वयनमा लैजाने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.