आरएमडिसीको ८७ हजार कित्ता सेयर लिलामीमा

  २०७४ भदौ ७ गते ९:४१     विकासन्युज

काठमाडौं । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड(आरएमडिसी)को ८७ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । नेपाल ग्रामिण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसीको ८७ हजार ५ सय ६४ दशमलब ७४ कित्ता संस्थापक सेयर मूल्य बढाबढमा लिलामी गर्न लागेको हो ।

आरएमडिसीको सो सेयर खरिदका लागि भदौ १५ गतेदेखि २३ गतेसम्म प्रति कित्ता न्युनतम ४०१ रुपैंयाँ भन्दा बढि कबोल गरेर आवेदन दिन सकिनेछ ।

न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । आरएमडिसीको सेयर खरिदका लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.