गण्डकी विकास बैंकले मनाङमा शाखा खोल्यो, दुर्गमस्थानमा पनि आधुनिक बैंकिङ सेवा

  २०७४ भदौ १ गते २०:४६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैकको मनाङ जिल्लाको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन वैँकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सीमित नगरी ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने बताए ।

मनाङ्ग जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले बैंकले यस क्षेत्रमा शाखा खोलेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जनाकारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.