५० खर्बको लेखा परिक्षण गर्ने योजना, मन्दिर, गुम्बा, मस्जिद र चर्च पनि दायरामा

  २०७४ साउन १८ गते १४:०८     विकासन्युज

काठमाडौं । अब ५५०० वटा निकायहरुको ५० खर्ब भन्दा बढि रकमको लेखा परिक्षण हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५ औं बार्षिक प्रतिवेदनमा सरकारी, नीजी, पब्लिक लगायतका संघ संस्थाहरुको ५० खर्ब रुपैंयाँ बराबरको लेखा परिक्षण गर्ने भएको हो । महालेखाले आफ्नो ५४ औं बार्षिक प्रतिवेदनमा जम्मा १२ खर्ब ९४ अर्बको मात्रै लेखा परिक्षण गरेको थियो ।

महालेखाले पहिलो चरणमा मन्त्रालय, केन्द्रिय विभाग, काठमाडौं, भक्तपुर, ललितपुर लगायत पहाडका जिल्लाहरुको लेखा परिक्षणका लागि ४५० जना लेखा परिक्षकलाई साउन १५ गतेबाटै खाटईसकेको महालेखा परिक्षक टंकमणी शर्माले जानकारी दिए । उनीहरुले ४५ दिन लगाएर तोकिएको कार्यालय तथा फर्महरुको लेखा परिक्षण गर्नेछन् ।

महालेखाले पुस दोश्रो हप्तादेखि थप ३१ जिल्लामा लेखा परिक्षणको काम थाल्नेछ भने चैतमा बाँकी कार्यालय तथा जिल्लाहरुको लेखा परिक्षण अघि बढाउनेछ । ‘तीन चरणमा लेखा परिक्षणको काम अघि बढाउँदैछौं, यसपाली ५० खर्बको लेखा परिक्षण हुन्छ, निजी क्षेत्रका कम्पनीहरुको पनि यसपाली अडिट गर्छाै’, शर्माले भने ।

उनले लेखा परिक्षणको नेपाली इतिहासमा पहिलो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नागरिक मार्फत उजुरी आव्हान गरेको पनि बताए । शर्माले अब देखि प्रत्येक जिल्लामा महालेखाको कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।
अब मन्दिर, गुम्बा, मस्जिद र चर्चको पनि लेखा परिक्षण
महालेखा परिक्षक शर्माले अब देखि मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको पनि लेखा परिक्षण गर्ने बताए । ‘अहिलेसम्म मठ मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको आम्दानीको लेखा परिक्षण हुने गरेको छैन, यसपालीबाट सुरु गर्छाै’, शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.