यूनियन लाइफको सीईओ मनोजकुमार लाल कर्ण, सबैभन्दा पहिला औपचारिक उद्घाटन गर्ने तयारी

  २०७४ साउन १७ गते १६:४७     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण नियुक्त भएको छन् । बीमा समितिबाट लाईसेन्स पाएर सञ्चालनको प्रक्रियामा रहेको यस कम्पनीले साउन १ देखि लागु हुने गरी आगामी ४ वर्षका लागि कर्णलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

कम्पनीको निर्णयमा बीमा समितिले सहमति दिएको कर्णले बताए । एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका कर्ण विगत १७ वर्षदेखि बीमा क्षेत्रका सक्रिय छन् । उनले तत्कालिन नेशनललाईफ एण्ड जनरल इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स, एलआईसी नेपाल, प्रभु इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स लगायतका कम्पनीमा १७ वर्षभन्दा बढी काम गरेका छन् ।

यूनियन लाइफ इन्स्योरेन्स दर्ता प्रक्रियादेखि नै कर्णले व्यवस्थापकीय कामको जिम्मेवारी समाल्दै आएका छन् । २ अर्ब १५ करोड जारी पुँजी राखेको यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकले लिएका छन् । ३० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गरिनेछ ।

कम्पनीले नयाँबानेश्वरमा कर्पोरेट कार्यालय खोल्न लागेको कर्णले बताए । ‘कार्यलयको पूर्वाधार निर्माणका कामसँगै नयाँ कर्मचारी नियुक्ती गर्ने, बीमाङ्कीय मूल्याङकन गर्ने र बीमा समितिबाट स्वीकृत गराउने काम भईरहेको छ’ कर्णले भने–‘पछिल्लो समय बीमा समितिबाट अनुमति पाएको तीन कम्पनी मध्ये सबैभन्दा पहिला औपचारिक कारोबार थाल्ने लक्ष्यका साथ काम भईरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.