नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, कार्य योजनासहित गोप्य आवेदन

  २०७४ साउन १७ गते ९:०९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो ।

असार २५ गते तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको म्याद सकिएको थियो । प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि मन्त्रालयले नयाँ नेतृत्वका लागि आवेदन खुल्ला गरेको हो ।

बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.