अस्पतालमा एपोइन्टमेन्ट लिन “हाम्रो हस्पिटल”को नयाँ संस्करण मोबाइल एप्प

  २०७४ साउन १ गते १६:०८     विकासन्युज

अस्पतालमा एपोइन्टमेन्ट लिन “हाम्रो हस्पिटल”को नयाँ संस्करण मोबाइल एप्प  ल्याएको छ ।

अस्पतालमा भएका सबै सुविधा र सबै चिकित्सकहरु यस एप्पमा समावेस हुने हुँदा बिरामी, अस्पताल र चिकित्सक सबैले सेवा लिन र दिन सक्नेछने प्रेस विज्ञप्तिमा जारी छ ।

“हाम्रो हस्पिटल” एप्प २०७२ मा संचालनमा आएको थियो तर २०७४।४।१ गते उक्त एप्पको नयाँ संस्करण भित्रिएको छ जस्मा अझै बढि सुबिधा र बिषेशताहरु समावेश गरिएको छ । स्वास्थ्य सम्बन्धि लेख, समाचार, टिप्स एंव अन्य महत्वपूर्ण गतिबिधिहरु पनि यस एप्पमा समावेश गरि वेव शाईटको पनि नयाँ संस्करण सुरु गरिएको छ । कम्पनिको अनुसार हाम्रो हस्पिटल एप्प अझ सरल एंव अति उपयोगी हुने हुदाँ सर्वसाधारणको पहिलो रोजाइमा रहने विश्वास लिएको छ।

यस एप्प बाट नजिकको अस्पताल खोजी डाक्टरसंग एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ । एपोइन्टमेन्ट लिईसकेपछि एपोइन्टमेन्ट समयको अलार्म नोटिफिकेसन पनि यस एप्पले दिन्छ साथसाथै औषधी खाने समयको अलाम मेडिसिन ट्रयाकर पनि यस एप्पमा रहेको छ । आपत्कालीन समयमा आवश्यक पर्ने सेवाको फोन नम्बरहरु पनि उपलब्ध गरिएको जानकारी दिइएको छ ।

हाम्रो हस्पिटल एप्पको मुख्य उद्देश्य भनेको प्रयोग कर्तालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस एप्पमा हस्पिटल, डाक्टर र औषधिबारे पूर्ण जानकारी रहेको र अस्पतालमा एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ। यस एप्पमा १सय भन्दा धेरै हस्पिटल, १ हजार भन्दा बढि डाक्टरहरु, ५ सय भन्दा माथी फार्मेसीकोे जानकारी रहेको छ ।

यस एप्प प्रयोगकर्ताले सजिलै गुगल प्ले स्टोर बाट निःशुल्क डाउनलोड गर्न सक्ने छन्।अस्पताललाई पनि यस एप्प, बिनाशुल्क उपलब्ध गराइएको छ जसबाट उनीहरुले एप्पबाट आएको एपोइन्टमेन्ट हेर्न सक्नेछन्।

यस एप्प बिरामी, अस्पतालका लागि मात्र नभएर सबैका लागि लाभदायक छ । केहि समय भित्र काठमाडौंका सबैै अस्पताललाई एप्पमा आवद्ध गरेर बिरामी र उनिहरुका आफन्तलाई सहज एपोइन्टमेन्टको सुबिधा दिईने कम्पनिको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.