कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु

  २०७४ जेठ १७ गते १६:००     विकासन्युज

काठमाडौं । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । यसअघि असार ८ गतेदेखि शुरु हुने भनिएको परिक्षा दोस्रो चरणको चुनावले गर्दा ८ दिन अगाडि सरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ ३१ गतेको दोस्रो चरणको चुनाव असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो ।

साथै, सोही दिन बसेको राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बैठकले कक्षा ११ को परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.