विजुली उत्पादन गर्न ६२ अर्ब, ७ वर्षमा १७ हजार मेगाावाट विद्युत

  २०७४ जेठ १५ गते १८:०५     विकासन्युज

काठमाडौं । सरकारले नेपालको जलविद्युत विकासका लागि ६२ अर्ब ४७ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको बजेटका अनुसार जलविद्युतको बिकास तथा प्रसारण लाइनको स्तरोन्नतिका लागि ६२ अर्व ४७ करोड बिनियोजन गरिएको हो ।

त्यस्तै, सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा कम्तिमा ५०० मेघावाट बिजुली उत्पादनको लक्ष्य पनि बजेटले लिएको छ ।
नेपालको पानी जनताको लगानी अन्तर्गत ७ बर्षमा १७ हजार मेघावाट बिजुली उत्पादनको लक्ष्य बजेटले निर्धारण गरेको हो । बिभिन्न अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नतिका लागि काम सुरू गरिने पनि बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.