नेपालको ब्राण्डिङ गर्न सात करोड खर्चदै हिमालयन ट्राभल मार्ट, पर्यटकीय प्याकेज किनवेच गर्न ५० देशका २ सय प्रतिनिधि ल्याइदै

  २०७४ जेठ १५ गते १०:३२     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको पर्यटन ब्राण्डिङको औपचारिक अभियान हुने भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपालको संयुक्त आयोजनामा काठमाडौंमा पहिलो हिमालयन ट्राभल मार्ट हुँदैछ ।

पर्यटन व्यवसायीले वर्षोदेखि माग गर्दै आएको र यही माग पूरा नहुँदा नेपाल पर्यटन बोर्डमा व्यवसायीले दुई महिनासम्म गरेको आन्दोलनको उपलब्धिको रूपमा पनि यो मार्टलाई हेरिएको पाटा नेपालले जानकारी दिएको छ ।

यही जेठ १८ गतेबाट चार दिनसम्म हुने यो मेलमा विभिन्न ५० भन्दा बढी देशका २ सय प्रतिनिधि नेपालमै आउने र अन द स्पट प्याकेजको खरिद बिक्री पनि हुने दाबी पाटा नेपालका अध्यक्ष सुमन पाण्डेको छ । उनका अनुसार यो मार्टमा अन्तर्राष्ट्रिय र ख्याती प्राप्त ब्लगरलाई नित्याएर नेपालको प्रवद्र्धन गर्न आग्रह गरिएको छ ।

मेलाले नेपालको पर्यटनको ब्रान्डिङ गर्नुका साथै सुक्ष्म रूपमा पर्यटनको प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकोले पनि यसलार्ई भव्यताका साथ आयोजना गरिएको पाण्डेले जानकारी दिएका छन् ।

नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रूपमा स्थापित गर्नुका साथै सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पस्कँदै पर्यटन मेला हुने भएको छ । यो मेला करिब सात करोड रुपैयाँ खर्च हुने अनुमान पाण्डले गरे । मेलाको लागि बोर्डले आवश्यक खर्चको जोहो गरेको पनि पाटा नेपालको भनाइ छ ।

नेपालको पर्यटनलाई विश्व पर्यटन बजारका पुर्याउन र नयाँ तथा पूराना टुर अपरेटरलाई सशक्त र प्रभावकारी रूपमा परिचालन गराउने माध्यम पनि यही मेला हुने दाबी पाण्डेको छ । मेलामा क्रेताको रूपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलाइन्सलगायका पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यवसायिक कारोबार हुने भएको छ ।

यो मेलामा व्यवासायीले गनै विजनिश टु बिजनेश (विटुबी, र विजनेश टु कस्टुमर (विटुसी)सँगको जमघट हुने भएको छ । यो जमघटको थाले नै व्यपारिक कारोबारको स्थान हुने दाबी पनि पाटा नेपालको छ ।

पर्यटन बोर्डले विगत चार पाँच वर्षदेखि हरके वर्ष यो मार्टको लागि बजेट विनियोजन गर्दै आएको भएपनि यस बर्ष मात्रै उपयुक्त समय मिलेको कार्यक्रमको कार्यकारी आयोजक संस्थाा पाटा नेपाल च्याप्टरले भनाइ छ ।

यो मार्टमाा ५० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता रहने रहेने सुनिश्तिता आइसकेको छ । अझै बढ्ने दाबी आयोजकको छ ।

मेलाले नेपालको प्रवद्र्धन गर्ने, पर्यटकीय छवि सकारात्मक दिने, ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान गन्तव्य, नयाँ गन्तव्यमा जाने र अवसर सिर्जना गर्नेसहितका गतिविधि गराउन सक्ने पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.