कोबेल्कोको एसके२२० एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा, प्रतिघण्टा १२ लिटर तेल खपत हुने

  २०७४ जेठ १० गते १३:४०     विकासन्युज

काठमाडौं । नेपालका लागि विश्वप्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयातकर्ता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि ले नेपालमा २१ टन क्षमताको कोबेल्को एसके २२० एक्सडी मोडेलको एक्स्क्याभेटर उपलब्ध गराएको छ । यो मशीन आफ्नो श्रेणीमा शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त हुनुका साथै प्रतिस्पर्धीहरुमध्ये नविनतम पुस्ताको मानिएको छ । एसके २२० एक्सडी एक्स्क्याभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ ।

नेपालमा एक्स्क्याभेटरको प्रयोग सडक काट्ने कार्यमा तथा चुनढुंगा खानीमा हुने गर्छ जसका लागि ब्रेकर अपरेशन प्रक्रिया आवश्यक हुन्छ । विगतमा बिक्री गरिएकोमध्य ७० प्रतिशत मशीन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यलाई मनन गर्दा कोबेल्को एक्स्क्याभेटर मशीन शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त मानिएको पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजक्छेले बताए ।

एसके २२० एक्सडी एक्स्क्याभेटरको मूल्य ९७ लाख रुपैयाँ कायम गरिएको छ । मशीनलाई सुचारु रुपमा पार्टपूर्जा तथा खरीदपछिको सेवा २४ घन्टा भित्र उपलब्ध गराइने प्रत्याभूति कम्पनीले दिएको छ ।

मशीनको मूल्य ९७ लाख रुपैयाँ परेता पनि दीर्घकालीन प्रयोगमा यसले इन्धनको खपतमा मितव्ययीता गरी वार्षिक १२ लाख रुपैयाँ बचत हुने कम्पनीको दावी छ । अन्य ब्रान्डका मशीनले प्रति घन्टा १७-१८ लिटर डीजल खपत गर्ने गरेको सन्दर्भमा एसके २२० एक्सडीले प्रति घन्टा ११-१२ लिटर मात्र डीजल खपत गर्ने हुँदा यसलाई आफ्नो वर्गमा इन्धनको बचतमा सर्वश्रेष्ठ मानिएको बिजुक्छेले बताए ।

नेपालमा तीन वर्षमा कोबेल्कोको ३०० भन्दा बढी एक्स्क्याभेटर बिक्री भएका छन् । कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रा. लि.का एमडी तथा सीइओ यातुका गोतोका अनुसार १०औँ पुस्ताको एसके २२० एक्सडीको नेपाल आगमले ग्राहकलाई थप मूल्य प्रदान गर्ने छ । उनका अनुसार नेपाल र भारतमा ७००० कोबेल्को एस्काभेटर कार्यक्षेत्रमा परिचालित छन् । अधिकांश मेसिनहरु २० हजार घन्टाभन्दा बढी समयसम्म चलेका छन् र यस क्षेत्रका कठिनतम कार्यमा पनि निरन्तर काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.