एकैदिन दुई कम्पनीले पाए हकप्रद सेयर निष्काशन गर्न अनुमति, क-कसले पाए?

  २०७४ जेठ ४ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन दुई कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ ४ गते पुर्णिमा विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

पुर्णिमा विकास बैंकले २५ प्रतिशत(४ः१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बोर्डको अनुमति अनुसार कम्पनीले ८ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ८ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकले ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ३ करोड ४९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.