आठ बीमा कम्पनीको नाफा साढे ५१ प्रतिशतले वृद्धि, कसको कति ?

  २०७४ वैशाख २९ गते १४:१७     विकासन्युज

काठमाडौं । ८ वटा इन्स्योरेन्स कम्पनीहरुले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका छन् । शुक्रबार एकै दिन वित्तिय विवरण सार्वजनिक गरेका ६ वटा निर्जिबन बीमा कम्पनी र २ वटा जिवन बीमा कम्पनीले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका हुन् ।

यीनै कम्पनीहरुले गत आवको सोही अवधीमा भने जम्मा ७१ करोड ८४ लाख मात्रै नाफा कमाएका थिए । ८ वटा कम्पनीले गत आवको नौ महिनाको तुलनामा यसपाली ५१ दशमलब ६४ प्रतिशत नाफा वृद्धि गरेका हुन् ।  यी कम्पनीहरुले कमाएको नाफा बीमांकिय मुल्यांकन अघिको हो ।

शुक्रबार वित्तिय विवरण सार्वजनिक गर्ने निर्जिबन बीमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोेरेशन(नेपाल), प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स छन् । त्यस्तै, लाइफ तर्फ मेट लाइफ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

निर्जीबन बीमा कम्पनी
१) सगरमाथा इन्स्योरेन्स कम्पनीले नौ महिनामा १४ करोड ३६ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले १० करोड ६५ लाख नाफा कमाएको थियो ।
२) लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) ३२ करोड १४ लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा २४ करोड ९० लाख नाफा कमाएको थियो ।
३) प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १० करोड १५ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा ७ करोड १७ लाख नाफा कमाएको थियो ।
४) नेपाल इन्स्योरेन्स कम्पनीले ५ करोड ८ लाख कमाएको छ । जबकी यो कम्पनीले गत आवको नौ महिनामा २ करोड ७६ लाख नाफा आर्जन गरेको थियो ।
५) लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ६१ लाख कमाएको छ । यो कम्पनीले गत आवको नौ महिनामा ६ करोड ३७ लाख आम्दानी गरेको थियो ।
६) सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १४ करोड नाफा कमाएको छ । जबकी यहि कम्पनीले गत आवको सोही अवधीमा जम्मा १२ करोड ७ लाख नाफा आर्जन गर्न सफल भएको थियो ।

लाइफ इन्स्योरेन्स कम्पनी
१) मेट लाइफले १८ करोड ६४ लाख नाफा गरेको छ । यो कम्पनीले गत आवको सोही अवधीमा जम्मा ५ करोड ९० लाख मात्रै नाफा आर्जन गरेको थियो ।
२) एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ९६ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा जम्मा २ करोड ३ लाख मात्रै नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.