अब एनसेल र युटिएलले पनि सर्वसाधारणलाई सेयर जारी गर्नैपर्ने

  २०७४ वैशाख २० गते १२:३९     विकासन्युज

काठमाडौं । अब निजी क्षेत्रका दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल र युटिएलले पनि सर्व साधारणका लागि सेयर जारी गर्नु पर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐन(पहिलो संसोधन २०७४) लाई प्रमाणिकरण गरेसँगै निजी क्षेत्रका दुर सञ्चार कम्पनीले पब्लिक सेयर जारी गर्नैपर्ने बाध्यता आइपरेको हो । संसोधन बिधेयकमा पाँच करोड भन्दा बढि चुक्ता पुँजी हुने दुर सञ्चार कम्पनीले २ बर्षभित्रै सर्व साधारणलाई सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

‘पाँच करोड भन्दा बढि चुक्ता पुँजी रहेका दुर सञ्चार कम्पनीले आगामी २ बर्षभित्रै पब्लिकलाई सेयर जारी गर्ने पर्ने व्यवस्था गरिएको छ, यसले एनसेल र युटिएल जस्ता कम्पनीमा सर्वसाधारणले लगानी गर्न पाउनेछन र यस्ता कम्पनीको नियमन पनि सहज हुनेछ’, कम्पनी रजिष्ट्रार प्रेम कुमार श्रेष्ठले विकासन्युजसँग भने ।

व्यवस्थापिका संसदले चैत १ गते कम्पनी ऐनको पहिलो संसोधन बिधेयक पारित गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्रै कम्पनी ऐनको पहिलो संसोधन बिधेयकमा लालमोहर लगाएकी थिइन् । यस अघि नै नेपाल टेलिकमले सर्व साधारणलाई सेयर जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.