सिभिल बैंकको अध्यक्षबाट बाहिरिए इच्छाराज तामाङ, अम्बिर बोगटी अध्यक्ष नियुक्त

  २०७४ वैशाख १७ गते ११:४३     विकासन्युज

काठमाडौं । बाफियामा लाल मोहर लागेसँगै सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले राजीनामा गरेका छन् । सांसदले बैंकको सञ्चालक बन्न नपाउने तथा एउटै व्यक्ति दुई कार्यकाल भन्दा धेरै समय सञ्चालक बन्न नपाउने व्यवस्था कार्यान्वयनमा आएपछि तामाङले राजीनामा गरेका हुन् ।

उनको राजीनामालाई बैशाख १५ गते बसेको बैंक सञ्चालक समितिले स्विकृत गरेको हो । सोही बैठकले अम्बिर बोगटीलाई सिभिल बैंकको अध्यक्ष नियुक्त गरेको छ । त्यस्तै, श्रीजना तामाङ(शाक्य)लाई नयाँ सञ्चालकमा नियुक्त पनि गरेको छ । नव नियुक्त सञ्चालक समिति सदस्य तामाङ(शाक्य) भने तामाङकी श्रीमती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.