एनआईसी एसियाकाे नाफा ४९ प्रतिशतले बढ्यो, बै‌कले नाै महिनामा एक अर्ब १३ करोड कमायो

  २०७४ वैशाख ६ गते ८:५६     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको नौ महिनामा १ अर्ब १३ करोड रुपैयाँ कमाएको छ ।

यो नाफा बैैंकको गत आवको सोही अवधिको तुलनामा ४९ दशमलव ८८ प्रतिशतले बढि हो । गत वर्ष बैंकले यो अवधिमा ७५ करोड ९३ लाख रुपैयाँ मात्रै कमाएको थियो ।

बैंकको यो खुँद नाफा गत वर्षको तुलनामा ३७ करोड ८८ लाख रुपैयाँले बढि हो ।
बैंकको गएको चैत मसान्तसम्मको निक्षेप संकलन ७८ अर्ब ९९ करोड करोड रुपैयाँ रहेको छ । यो बैंकले बैंकको ऋण लगानी ६७ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

यो  बैंकको चुक्ता पूँजी ६ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा तीन अर्ब छ । यसले ११ अर्ब ४४ लगानीसमेत गरेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव २६ प्रतिशत रहेको छ ।

बैंकको खराव कर्जा शून्य दशमलव ४६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ । हाल यो बैंकको प्रतिसेयर ४ सय ६९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.