२०७३ चैत ३० गते १३:३२ विकासन्युज
काठमाडौं । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७४ को उमँगमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । कम्पनीले आफ्ना विश्वस्तरीय कन्ज्युमर इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा २० प्रतिशत सम्मको आकर्षक क्यास ब्याक अफर ।
“क्यासमय नव वर्ष २०७४” नामक उक्त स्किम ग्राहकवर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको हो । यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरु मार्फत एक नयाँ सुरुवात खोजिरहेकाहरुलाई उत्साहित गर्ने कम्पनीले जनाएको छ ।
उक्त अफरले नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । ग्राहकहरुलाई गुणस्तरी उत्पादन, उत्कृष्ट ग्राहक सेवा र समयअनुरुपका अफर तथा स्किमहरु लगायत हरेक सम्भव आयामहरु मार्फत विशिष्ट सेवा दिने उद्देश्य अनुरुप यो अफरलाई बजारमा ल्याइएको हो ।
“क्यासमय नव वर्ष” अफर जेठ १ गतेसम्म मान्य रहनेछ र देशभरका समस्त सामसङ आउटलेट मार्फत उपलब्ध हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.