कहाँ गरिव छन् नेपाली ? एक वर्षमा ५३ अर्बको रक्सी पिउँछन्

  २०७३ चैत २६ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपालीले वार्षिक ६१ अर्ब १८ करोड रुपैयाँ अल्कोहल तथा नन् अल्कोहोलिक पिय पदार्थमा खर्च गर्ने गरेका छन् । प्रतिव्यक्ति कुल खर्च योग्य आय एक लाख ९ हजार भएका नेपालीले यस्तो पिय पदार्थमा मात्रै वार्षिक उक्त रकम खचर्र्ने गरेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागको तथ्यांकअनुसार अल्कोहोलिक पदार्थमा ५३ अर्ब २६ करोड र नन् अल्कोहोलिक पदार्थमा ७ अर्ब ९२ करोड उपभोग गर्ने गरको विभागका महानिर्देशक सुमन अर्यालले जानकारी दिए ।

‘गएको आर्थिक वर्ष २०७२/७३ मा चार हजार पाँच सय घरपरिवारबाट तथ्यांक संकलन गर्दा अल्कोहोलिक तथा नन् अल्कोहोलिक पदार्थका माध्यमबाट नेपालीले यति रकम उपभोग गरेका गर्ने गरेका हुन् ।

त्यसैगरी नेपालीले माछा तथा मासुमा एक खर्ब ३८ अर्ब २६ करोड, तरकारीमा एक खर्ब ६ अर्ब ६३ करोड खर्चने गरेका छन् । दुग्धजन्य पदार्थ तथा अण्डामा ७३ अर्ब ८७ करोड, तेल तथा घ्यूमा ६३ अर्ब ४९ करोड, फलफूलमा ३५ अर्ब ८३ करोड, मसलमा ३३ अर्ब ७१ करोड बराबरको उपभोग गर्ने गरेका छन् । चिनी तथा मिठाईमा २४ अर्ब ९० करोड, चिया तथा कफीमा ६ अर्ब २३ करोड खर्च हुने गरेको छ ।

विभागले भर्खरै सार्वजनिक गरेको चौथो घरपरिवार सर्वेक्षणले नेपाली घरपरिवारले औसतमा वार्षिक१८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ उपभोगमा खर्च गर्ने गरेका हुन् । प्रतिव्यक्ति वार्षिक उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ ।  खाद्यमात्रै एक व्यक्तिले वार्षिक ३३ हजार खर्च गर्ने गरेका छन् । प्रतिव्यक्ति कुल राष्ट्रिय आय भने ८० हजार ९२ रुपैयाँमात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.