गोल्छा समूहको दोस्रो पटक उम्मेदवारी घोषणा, भवानी राणाले भाेट माग्दै भनिन्–‘यी मेरा बलिया हात हुन्’

  २०७३ चैत २२ गते २०:०४     विकासन्युज

काठमाडौं । एक सातापछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्दै गरेकी भवानी राणाले आफ्नो समर्थक समूहको पहिचाहन गराउँदै आफ्ना बलिया हातलाई निर्वाचित गर्न मतदातालाई आग्रह गरेकी छिन् ।

मंगलबार राजधानीको अन्नपूर्ण होटलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा, जिल्ला तथा नगर उपाध्यक्ष उम्मेदवार दिनेश श्रेष्ठ, एशोसिएटबाट निर्विरोध निर्वाचित चन्द्रप्रसाद ढकाल, बस्तुगत समूहको उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठ र कोषाध्यक्षका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधानको पृष्ठभूमिसहित व्याख्या गर्दै उनले भनिन–‘यी मेरा बलिया हात हुन्, बलिया हात भएनन भने मैले प्रभावकारी रुपमा काम गर्न सक्दिन ।’

आफूले चेम्बर आन्दोलनमा २० वर्ष काम गरेको बताउँदै महासंघको अध्यक्ष पदमा पुर्याउने सहयोग गर्ने चण्डिराज ढकाल, पशुपति मुरारका लगायत सबैको उनले प्रशंशा गरिन् ।

उम्मेदवारी दर्ता पूर्व बुटवलमा पुगेर उम्मेदवारी घोषणा गरेको यो टिमले दर्ता पनि फेरी उम्मेदवारी घोषणासभा गरेको हो । यो सभामा आफ्ना समूहबाट सदस्यहरुको उम्मेदवार समेत घोषणा गर्ने अनुमान गरिएको थियो तर त्यसो गरिएन ।

गोल्छा समूहको पदाधिकारीहरुलाई पूर्व अध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठले माला, खादा र पुष्प गुच्छा दिएर समर्थन जनाएका थिए । सो कार्यक्रममा उम्मेदवारहरुले आफूले महासंघमा गरेको योगदान स्मरण गराउँदै भविष्यमा गर्ने कार्ययोजना सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.