महासंघको नेतृत्वका लागि १११ जना चुनावी मैदानमा(सूचिसहित)

  २०७३ चैत २१ गते १९:१२     विकासन्युज

 

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय नेतृत्वका लागि ११ जना चुनावी मैदानमा खडा भएका छन् । महासंघ निर्वाचन समितिका सदस्य लिलामणि पौडेलका अनुसार उम्मेदवारी दर्ताका लागि दिईको सोमबार साँझ ६ बजेसम्मको अवधीम १११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बरिष्ठ उपाध्यक्षका शेखर गोल्छा र किशोर प्रधानले उम्मेदवारी दर्ता गरेका छन् भने जिल्ला नगरमा प्रमोद श्रेष्ठ र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । बस्तुगत तर्फको उपाध्यक्षमा भने उमेशलाल श्रेष्ठ, शंकर पाण्डे र अनुप बहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन् । एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र प्रसाद ढकालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध घोषणा गरिएको छ ।

निर्वाचन समितिका सदस्य पौडेलका अनुसार जिल्ला नगर २९ बाट जनाको उम्मेदवारी दर्ता भएको छ । महासंघ केन्द्रमा जिल्ला नगर उद्योग बाणिज्य संघबाट १८ कार्य समिति सदस्य निर्वाचित हुने व्यवस्था छ ।

 

एसोसियट तर्फबाट केन्द्रिय कार्य समिति सदस्यका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । एसोसियट तर्फबाट कार्य समिति सदस्यमा १९ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

बस्तुगत संघहरुका तर्फबाट २८ जनाले केन्द्रिय कार्य समितिका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासंघको विधानमा बस्तुगत संघका तर्फबाट १४ जना निर्वाचित हुने व्यवस्था रहेको छ । द्धिराष्ट्रिय उद्योग बाणिज्य संघका तर्फबाट अजय मुडभरीको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भैसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.