रामनवमीको अवसरमा चन्द्रागिरिमा निशुल्क कन्सर्ट

  २०७३ चैत २० गते १७:०५     विकासन्युज

काठमाडौं । नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा यहीं चैत २३ गते निः शूल्क कन्सर्ट हुने भएको छ । रामलिला शो, स्ट्याण्ड अप कमेडी सहित शिब परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजना तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्ने कम्पनीले बताएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.