टिभीमापनि कनेक्ट गर्न मिल्ने सामसङको ग्यालेक्सी एस ८ मा नयाँ फिचर

  २०७३ चैत १७ गते २१:११     विकासन्युज

नयाँ दिल्ली । सामसङले सन् २०१७ का लागि आफ्नो नयाँ फ्यागसिप लाइनअपलाई नयाँरुपमा प्रस्तुत गरेको छ । कम्पनीले ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ । यस प्रिमियम स्मार्टफोनको डिजाइन मात्र नभई अरु फिचरहरु पनि नयाँ छन् ।  नवभारतटाइम्सको अनलाइनसंस्करणमा उल्लेखभए अनुसार  सामसङको नयाँ मोबाइलको नयाँ फिचर यस्ता छन् :

  • निकै प्रभावशाली प्रोसेसर

         सामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लसमा क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर छ । यो प्रोसेसर भएको सामसङको पहिलो             स्मार्टफोन हो ।

  • सीरीको प्रतिश्पर्द्धि बक्सबी

एप्पलको सीरी, गुगल असिस्टेन्ट र माइक्रोसफ्टको कर्टानाको प्रतिश्पर्द्धिको रुपमा सामसङले आफ्नो असिस्टेन्ट बिक्सबी सार्वजनिक गरेको छ । टचद्वारा गरिने क्रियाकलापलाई बिक्सीको सहायतमा भ्वाइस कमाण्डबाट पनि चलाउन सकिन्छ । यसले क्यामराबाट स्क्यान भएपछि धेरै जानकारी दिन्छ । ध्यानदिनुपर्ने कुरा चाँही हाल बिक्सबीलाई सिमित एप्समा मात्र प्रयोग गर्नसकिन्छ ।

  • गीगाबाइट एलटिइ सपोर्ट

गीगाबाइट एलटिइ स्पीडको क्षमता राख्ने ग्यालेक्सी एस ८ बजारमा पहिलो स्मार्टफोन हुनेछ ।  यो गीगाबाइट स्पीडको क्षमता भएको पहिलो क्वालकोम चिपसेट हो ।

  • स्क्रिनभित्र होम बटन

सामसङको नयाँ स्मार्टफोनको डिजाइन बिल्कुलै नयाँ छ । दुवैको किनारामा कर्ब्ड (बाटुलो) छ । डिस्प्लेको किनारमा फ्रेम वा बेजल निकै कम गरिएको छ । तल एउटा लाइन छ जसमा स्क्रिनभित्र नै होम बटन राखिएको छ । यहाँ प्रेसर सेन्सेटिभ हार्डवेयर राखिएको छ ।

  • मोबाइल एचडिआर सर्टिफिकेसन

युएचडी अलायन्सबाट मोबाइल एचडिआर सर्टिफिकेसन पाउने दुनियाँ सबैभन्दा पहिलो स्मार्टफोन भएको सामसङको दाबी छ ।

  • इनफिनिटी डिस्प्ले

सामसङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसमा एज-टु-एज कर्ब्ड डिस्प्ले राखिएको छ । कम्पनीले यसलाई ‘इनफिनिटी डिस्प्ले’ नाम दिएको छ । सामसङका अनुसार फोनको फ्रन्ट स्क्रिनको ८० प्रतिशत बेजल लेस र ड्यूल एज डिस्प्ले रहेको छ ।कम्पनीले एस ७ को तुलनामा एस ८ स्मार्टफोनको डिस्प्ले १८ प्रतिशतले बढी छ ।

ल्याण्डस्केप मोडमा देखिने २१:९ मूभिज ग्यालेक्सीको १८:५:९ डिस्प्लेमा राम्रोसँग हेर्नसकिन्छ । यसको भ्युइङ एरिया ग्यालेक्सी एस ७ को तुलनामा ३६ प्रतिशतले बढी हुन्छ ।

  • नयाँ यूजर इन्टरफेस

सामसङले दुवै स्मार्टफोनसँगै नयाँ युएक्स पनि सार्वजनिक गरेको छ । यसमा भर्टिकल स्वाइपिङ इन्टरफेस राखिएको छ जसबाट तपाईंले होम र एप स्क्रिनको बीचमा छुट्याउन सक्नुहुनेछ । यसमा अलवेज अन डिस्प्ले वालपेपर फोनको कलर अनुसार कस्टमाइज गर्न सकिन्छ । ग्यालेक्सी एस ८ को समग्र डिजाइन ल्याङ्वेजको एप आइकन्स र टाइपोग्राफीमा पनि अपनाइएको छ ।

  • सामसङ डेक्स

सामसङले अप्सनल डकिङ स्टेससन पनि सार्वजनिक गरेको छ जसलाई टिभीबाट कनेक्ट गरेपछि स्मार्टफोनलाई डेस्कटप जसरी प्रयोग गर्न मिल्छ ।  यसको नाम कम्पनीले डेक्सस्टेसन राखेको छ । यसमा प्रयोगकर्ताकालागि विन्डोज रीसाइज गर्न मिल्ने र एकपटकमा धेरै एप्समा काम गर्न मिल्ने सुविधा राखिएको छ । यो माइक्रोसफ्ट कन्टिनम जस्तै छ ।

डेक्सस्टेसन स्मार्टको एचडिएमआइको मनिटर्समा कनेक्ट गर्न सकिन्छ । यसको साथमा किबोर्ड र माउसपनि जोड्न सकिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.