दिगो विकासको लक्ष्य खोज्न आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

  २०७३ चैत १५ गते १६:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ एशिया प्रशान्त क्षेत्रका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोग(यूनेस्क्याप)ले यही मार्च २९ देखि ३१ तारिकसम्म थाइल्याण्डको बैंककमा आयोजना गर्न लागेको दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ मा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका हुन् ।

श्रेष्ठले उक्त फोरमको मुख्य कार्यक्रमको रुपमा रहेको पहिलो दिनको सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धी दृष्टिकोणहरु विषयको सत्रको अध्यक्षता गर्नेछन् । साथै, सोही दिन उनले गरिबी निवारणसम्बन्धी राउण्ड टेवलमा प्यानलिष्टको रुपमा भाग लिने योजना रहेको छ ।

दोस्रो दिन श्रेष्ठले योजना कार्यन्वयनका साधनको वितरणप्रणालीलाई सबलीकरण सम्बन्धी सत्रको सहजीकरण गर्ने छन् । तेस्रो दिन एशिया प्रशान्त क्षेत्रको गरिबी निवारणको लागि प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी विषयको सत्रमा मुख्य वक्ताको रुपमा भाग लिँदै छन् ।

एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने छ । उक्त फोरममा नेपालको तर्फबाट भाग लिने उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलिको सदस्यमा योजना आयोगका सहसचिव लालशंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदुत माननीय खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहेका छन् ।

श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.