लेखा समितिले माग्यो वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण

  २०७३ फागुन २२ गते १४:३९     विकासन्युज

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण मागेको छ । आइतबार बसेको समिति बैठकले वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको आंशकामा विस्तृत विवरण मागेको हो ।

‘नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिदका क्रममा अनियमिता भएको भन्ने उजुरी समितिमा परेको थियो, त्यसमाथी भएको छलफलपछि खरिद प्रक्रियाको सम्पुर्ण विवरण ५ दिन भित्रै समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गरिन्छ’, समितिले भनेको छ ।

निगमले दुई वटा वाइडबडी जहाज ए३०० खरिदका लागि बैना रकम समेत पठाईसकेको छ । त्यस्तै, बैठकले आगामी तीन महिनाभित्रै निगममा उपयुक्त विदेशी साँझेदार भित्र्याइसक्न पनि समितिले निर्देशन दिएको छ । समिति बैठकले चिनियाँ जहाजको खरिद लागत तथा हाल सञ्चालनबाट प्राप्त भैरहेको उपलब्धिका बारेमा पनि प्रतिवेदन बुझाउन भनेको छ ।

समितिले नेपाल बायु सेवा निगम सञ्चालन सम्बन्धी वित्तिय योजना पनि पेश गर्न भनेको छ । बैठकमा उपस्थित पर्यटन मन्त्री जीवन बहादुर शाहीले निगमलाई परिवार नियोजन गरेको अवस्थाबाट फेरी नयाँ उचाईमा पुर्याउन आफु लागिपरेको बताएका थिए ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने निगमलाई गरिखाने सरकारी संस्थानका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । कंसारकारले एयरबस३३० खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा निगमका आर्थिक विनियमावली अक्षरस पालना गरेको पनि जानकारी गराए ।

उनले नेपाल बायु सेवा निगमलाई जहाज खरिद गर्न नदिएर डुबाउने अभियानमा ठूलै शक्ति लागिपरेको आरोप पनि लगाएका थिए । कंसाकारले सबै खाले अवरोधलाई चिरेर वाइडबडी जहाल ल्याएर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.