सूचना प्रविधिकाे क्षेत्रमा पौने तीन अर्ब लगानी गर्ने चौधरी ग्रुपकाे घोषणा

  २०७३ फागुन २० गते १२:०३     विकासन्युज

काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले सूचना प्रविधिको क्षेत्रमा करिव पौने तीन अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिको क्षेत्रमा २५ मिलियन डलर (२ अर्ब ७५ करोड  रुपैयाँ) लगानी गर्ने घोषणा गरेका हुन् ।

चौधरी ग्रुपले निकट भविष्यमै मोवाइल वालेट सार्वजानिक गर्ने उनले जानकारी दिए । ‘अबको युग सूचना प्रविधिको युग हो, चौधरी समूहले यो क्षेत्रमा ठूलो लगानीको तयारी गरिरहेको छ,’ चौधरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.