एशियाली पूर्वाधार बैंक ठूला पूर्वाधारका योजनामा लगानी गर्न इच्छुक

  २०७३ फागुन १९ गते २१:२३     विकासन्युज

काठमाडौंः ठूला पूर्वाधारमा लगानी गर्न एसियाली पूर्वाधार बैंकले रुची देखाएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग एसियाली पूर्वाधार  बैंकका अध्यक्ष जिन लिक्कुनले बिहीबार अर्थ मन्त्रालयमा भटेर नेपालका ठूला पूर्वाधार निर्माण परियोजनामा लगानी गर्न रुची देखाएको हो ।  । भेटमा महराले नेपालले अगाडि बढाउन खोजेका विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न आग्रह गरे ।

अध्यक्ष जिनले नेपालबाट प्रस्ताव हुने ठूला आयोजनामा लगानी गर्न बैंक तत्पर रहेको जानकारी दिँदै समयमै आयोजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । ‘नेपाल लगानी सम्मेलन’मा भाग लिन बैंकको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष जिन बुधबार काठमाडौँ आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.