सीजी फिन्को र नेपाल एसबिआई बैंकबीच रेमिट्यान्स सम्झौता

  २०७३ फागुन १९ गते १५:१६     विकासन्युज

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फिन्को प्रालि र नेपाल एसबिआई बैंक लिमिटेडबीच रेमिट्यान्स कारोबार गर्नका लागि द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापछि वेस्टर्न यूनियन मनी ट्रान्सफर मार्फत विदेशबाट पठाइएको नगद सीजी फिन्कोका तर्फबाट एसबिआई बैंकका सम्पूर्ण शाखाबाट ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा सीजी फिन्कोका अध्यक्ष निर्वाण कुमार चौधरी तथा एसबिआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले यो सम्झौता सीजी फिन्कोको सेवा विस्तार गर्नका लागि कोसेढुङ्गा सावित हुने बताएका छन् । एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नागरले नेपालको बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन बैंकका तर्फबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वेस्टर्न यूनियन मनी ट्रान्सफरका नेपाल प्रमुख कबिन्द्र श्रेष्ठले चौधरी ग्रुप र नेपाल एसबिआई बैंकसँगको साझेदारीले वेस्टर्न युनियनलाई अझ दरिलो बनाउने धारणा व्यक्त गर्दै छिटोछरितो र बिना झन्झट सेवा पुर्याएर सेवाग्राहीको मन जित्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.