प्रभु इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंको नयाँ सडकमा

  २०७३ फागुन १९ गते १३:५४     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको नयाँ सडकमा स्थापना गरेको छ । कम्पनीले बुधबार उक्त शाखाको उद्घाटन गरि बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले गरेका छन् ।

उद्घाटनको अवसरमा अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुलाई आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिएका छन् । साथै उनले हालसम्म ९२/९५ प्रतिशत जनताहरु बीमासेवा लिन बाट बन्चित रहेको जनाएका छन् । त्यसैले अध्यक्ष चापागाँईले दुर्गम क्षेत्र लगायतमा सेवा बिस्तार गरि बीमासेवा प्राप्त गर्न बाँकी जनताहरुमा सेवा बिस्तार गर्न आग्रह गरेका छन् ।

सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद शेयर निश्काशनको प्रकृया अन्तिम चरणमा रहेको बताएका छन् । आगामी आ.व.को अन्त्य सम्ममा कम्पनीको चुक्ता पूँजी १०० करोड पुर्याउने मल्लले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.