लक्ष्मी बैंकले शुरु गर्यो नयाँ ‘अनफिक्स्ड’ मुद्दती खाता

  २०७३ फागुन १९ गते १२:५१     विकासन्युज

काठमाडौं ।  लक्ष्मी बैंकले ‘अनफिक्स्ड’ खाता नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरु माझ ल्याइएको बैंकले जनाएको छ ।

‘अनफिक्स्ड डिपोजिट’ खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फर मार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनीहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ ।

साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि-म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ । जसले गर्दा ग्राहकको ‘अनफिक्स्ड’ मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशतमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.