सुदूरपश्चिम पुगेर गभर्नरले भने-पैसाको महत्व नबुझ्दा नेपालीले दुःख पाए

  २०७३ फागुन १५ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाको महत्व नबुझेकाले नेपालीहरुले दुःख पाएको बताएका छन् । सुुदरपश्चिमको कैलालीमा आयोजीत वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने-पैसाको महत्व र यसको परिचालनबारे थाहा नपाएकाले नेपालीहरुले दुःख पाएका हुन, अब त्यस्तो दिनको अन्त्य गर्नु पर्छ ।’

उनले आफ्ना सन्तानलाई सानैदेखि पैसाको बारेमा जानकारी गराउने संस्कृतिको विकास गर्न आम नागरिकलाई आग्रह पनि गरेका छन् । गभर्नर डा. नेपालले युवाहरुलाई विदेश जान छाडेर स्वदेशी माटोमै पैसा खोज्न पनि आव्हान गरे ।
‘यहाँ केही छैन भन्दै तपाईहरु विदेशिएपछि तपाईको ठाउँचाहिँ कसले बनाइदिन्छ ?’, डा नेपालले युवाहरुलाई भने ।

उनले भावी पुस्ताले विदेशीनु नपरोस भनेर अहिलेको पुस्ताले देश बनाउने अभियानमा लाग्नुपर्नेमा पनि जोड दिए । ‘तपाई त विदेश जानुहोला र आफ्नो दूनो सोझ्याउनुहोला तर तपाईका सन्तानलाई फेरी भोलि विदेश जान नपर्ने वातावरण बनाउनको लागि तपाईले यही माटोमा पैसा खोज्नुपर्छ, यहीँ छ प्रशस्त सम्भावना र अवसर’, डा. नेपालले भने ।
उनले सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामिण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेकोतर्फ इंगित गर्दै उनले भने, ‘तपाईहरु त्यस्ता ग्रामिण क्षेत्रमा जानुस्, त्यसो गर्दा वित्तीय साक्षरता पनि बढ्छ ।’
बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक काम गर्न पैसा दिइरहेकाले त्यसको सदुपयोग गर्न गभर्नर नेपालले सबैलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापाले वित्तीय साक्षरता बढाउनु अहिलेको अवश्यकता भएकाले वित्तीय जागरण अभियानको विशेष अर्थ हुने बताए । हाल सुदूरपश्चिममा २०३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेको जानकारी दिँदै उनले ती संस्थालाई वित्तीय साक्षरता बढाउने खालका कार्यक्रम संचालन गर्न सुझाव पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.