शाइन रेसुङ्गा ९औं वर्षमा प्रवेश, स्टेक होल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने

  २०७३ फागुन ११ गते १६:५७     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बुधबारबाट स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्ने भएको छ । साथै, बैंकले नयाँ वसपार्कदेखि मिलनचोकसम्मको रोड डिभाइयरमा रोटरी क्लब अफ बुटवल साउथसँगको सहकार्यकमा वृक्षारोपण गरि उक्त वृक्षको संरक्षण गर्ने जनाएको छ ।

उक्त अवसरमा बैंकले स्टेकहोल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था, बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती, बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निमार्ण गरि उक्त भवनमा केन्द्रिय कार्यालयको संचालन तथा वित्तीय साझरता अभिवृद्धि गर्दै यस क्षेत्रको रोजाईको बैंक बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । सवल, सुदृढ र विश्वसनीय बैंकको रुपमा रहेको पहिचानलाई कायमा राख्दै सम्पूर्ण स्टेकहोल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने जनाएको छ ।

हाल बैंकको १० जिल्लामा कार्यक्षेत्र रहेको छ । साथै, बैंकले २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गरिरेहेको छ । अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको बैंकले बैंकिङ् सुविधा पहुँचमा अत्यन्त जोड दिएको जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकले २०७३ पुस मसान्तसम्मा ९ अर्ब २० करोड रुपैयाँ निक्षेप र ८ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले २६ करोड ८ लाख रुपैयाँ सञ्चालन मूनाफा कमाएको बैंकको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.