वायुसेवा निगमले संचयकोषबाटै ९ प्रतिशत व्याजमा ऋण लिने, एक सातामै २५ अर्ब ऋणको टुङ्गो लाग्ने

  २०७३ फागुन ६ गते ९:५६     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गर्न लागकोे दुई वटा लामो दूरीको उडान क्षमता भएको (वाईडवडि) जहाज खरिदका लागि संचय कोषबाट नै ऋण लिने भएको छ । निगमले कोषबाट बार्षिक ९ प्रतिशतमा २५ अर्ब रुपैयाँ ऋण लिने करिब अन्तिम तयारी भइरहेको छ ।

निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार विदेशी तीनवटा पार्टीले ३ प्रतिशतसम्ममा नै ऋण दिने भनेपछि औपचारिक रुपमा तयारी भने भएको छैन ।

विदेशीबाट लिने ऋणमा बैंकमार्फत नै ल्याउनुपर्ने भएकोले पनि आवश्यक तयारी गर्न र कालो धनको पैसा नपरोस भन्न गाह्रो हुने भएकोले अहिलेसम्मको तयारी संचयकोष नै भएको बताएका छन् ।

निगमले आगामी हप्ता १० दिनमा अमेरिकी कम्पनी एएआरसँग जहाज खरिदको सम्झौता गर्ने भएकोले सो बेलासम्म ऋणको टुङ्गो लगाउनुपर्ने पनि उनको भनाइ छ । कंसाकारका अनुसार जहाज खरिदमा साढे अर्ब रुपैयाँ मात्रै लाग्ने भएपनि निगमले आन्तरिक व्यवस्थापन मिलाउन, जहाज ल्याएपछि अन्य पाटपूर्जा तथा कर्मचारी र पाइलट व्यवस्थापनदेखि धेरैवटा क्षेत्रमा खर्च व्यवस्थापन मिलाउनुपर्ने भएकोले पनि २५ अर्ब रुपैयाँ नै ऋण लिने भएको छ ।

अमेरिकी कम्पनी एएआर कर्पोरेसनले एउटा जहाजको १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब २१ करोड ३६ लाख रुपैयाँ) का दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो। जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ तिर्नुपर्ने छ।

निगमले दुई वटा २८० सिट क्षमतासम्मको जहाज खरिदका लागि १० लाख अमेरिकी डलर बैना पठाइसकेको छ । निमगले आफूसँग भएका दुईवटा १९० सिट क्षमताका २ वटा बोइङ जहाजलाई विस्थापन गरेर एयरवस जहाजलाई मात्रै स्थापित गर्ने भएको छ ।

निगमले यसका लागि एउटा बोइङ विक्री गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ भने अर्को एक वर्षमा बिक्री गर्ने र एयरवसका जहाज मात्रै उडाउने भएको छ । हाल निगमसँग एयरवसका १५८ सिट क्षमताका ए३२०—२०० सिरिजका २ वटा न्यारोवडि जहाज छ । निगमले एक वर्षभित्रै अर्को २ वटा एयरवसकै ए३३०—२०० सिरिजका वाइडवडि जहाज थप गर्ने भएको छ ।

३ प्रतिशतसम्ममा पनि ऋण दिने प्रस्ताव
निगमलाई तीन वटा विदेशी संस्थाले ३ प्रतिशतसम्ममा पनि २५ अर्ब ऋण दिने प्रस्ताव गरेका छन् । यस्तो प्रस्तावले निगमले संचयकोषबाट ९ प्रतिशतमा ऋण लिनु भन्दा ३ प्रतितमा लिएको ऋणले सोधै बार्षिक ६ प्रतिशत फाइदा हुन्छ ।

यो पैसा करोडौ रुपैयाँमा हुने भएकोले पनि निगमको फाइदाको लागि पनि प्रस्ताव उपयुक्त हुन सक्छ । सस्तो व्याजदरमा विदेशबाट पैसा ल्याउन नेपालका बैंकसँग पनि कुरा भइरहेको छ ।

बैंकमार्फत ल्याउनुपर्ने भएकोले सहज तथा उपयुक्त भए र कालोधन हैन भन्ने हो भने ल्याउन पनि सकिन्छ । तर, यो सस्तो ब्याजदर मात्रै भनेर भएन । ल्याउने प्रक्रियादेखिको धेरै झन्झट पनि हुन सक्छ । त्यसैले पहिलो प्राथमिकता भने संचयक कोष नै हुने र संभावना पनि कोषसँगै रहेको पनि कंसाकारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.