सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा पाल्पाको तानसेन बजारमा

  २०७३ फागुन ५ गते १६:१५     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले बिहीबारदेखि पाल्पा जिल्लाको तानसेन बजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।

बैंकको यस शाखाले स्थानिय स्तरमा बैकिङ् सेवा सुविधा प्रदान गर्नुका साथै स्थानिय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमद्वारा गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.