महासंघको निर्वाचन किशोर प्रधान र शेखर गोल्छाबीचको प्रतिस्प्रर्धामा केन्द्रीत हुँदै

  २०७३ फागुन ४ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र शेखर गोल्छाबीच प्रतिष्पर्धा हुने सम्भावन बढेको छ । २०७४ देखि २०७७ सम्म वरिष्ठ उपाध्यक्ष र त्यसपछि २०७७ देखि २०८० सालसम्म महासंघको स्वतः अध्यक्ष बन्न पाउने यो पदका लागि प्रधान र गोल्छाबीच हुने प्रतिस्पर्धामा महासंघको निर्वाचन केन्द्रीत हुने भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि गरिएको सर्बसहमतिको प्रयास असफल भएको छ । ‘वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीमा सर्बसहमति गर्न प्रयास गरेका हौ, तर सफल भइरहेको छैन’ महासंघका अध्यक्ष पशुपति मुरारकाले भने । सहमतिको लागि अझै एक साता प्रयास गर्ने उनले बताए ।

दिनेश श्रेष्ठ

आगामी चैत अन्तिम साता चुनावी साधारण सभा हुन गईरहेको छ । फागुन १७ बस्ने तय भएको कार्यसमितिको बैठकले निर्वाचनको मिति तय गर्नेछ । विधान अनुसार चैतको अन्तिम साता नै निर्वाचनको मिति घोषणा गरिने मुरारकाले बताए ।

तर जानकारहरुको अनुसार सहमतिको सम्भावना टरेको छ । जिल्ला उपाध्यक्ष किशोर प्रधान र एशोसिएट उपाध्यक्ष शेखर गोल्छा निर्वाचन पक्का हुने भन्दै चुनावी प्रचारमा जुटेका छन् । चुनावको टिम फर्मेशनतर्फ शेखरको तयारी राम्रो देखिएको छ भने मतदातासँग पुगेर भोट माग्ने काममा प्रधान अगाडि देखिएका छन् ।

भावी वरिष्ठ उपाध्यक्ष र त्यसपछिको अध्यक्षको आकांक्षी दिनेश श्रेष्ठ सर्बसहमतिको प्रयासमा देखिन्छन् । दिनेश हाल बस्तुगततर्फको उपाध्यक्ष छन् । सहमतिको प्रयास सफल हुने सम्भावना भने न्यून देखिएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.