वार्षिक एक खर्बको सुन कारोबार, १५ किलो सुनको वैध अनुमति अबैध बाटोबाटै ४७ किलोसम्मको दैनिक खपत

  २०७३ माघ ३ गते ८:३१     विकासन्युज

काठमाडौं ३, माघ । नेपाली बजारमा वार्षिक एक खर्ब रुपैयाँ मूल्य बराबर सुनको कारोबार हुने गरेको छ । देशभरि रहेका करिब २२ हजार सुनचाँदी व्यवसायीले यो मूल्य बराबरको सुनका गरगहना कारोबार गर्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चार वर्षअघिसम्म करिब ५० अर्ब रुपैयाँ बराबरको सुनका गरगहनाको कारोबार हुँदै आएको थियोु, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले भने, अहिले सुनका गरगहना बनाउने व्यवसायी, सुन बजार र उपभोक्ता सबै बढेका छन् ।

Gold bars

Gold bars

सरकारी कोटाअनुसार आयातीत सुनबाट आधा बजार पनि धान्दैन उनले भनेु, त्यसको केही हिस्सा पुराना गहनाबाट भए पनि दैनिक ठूलो परिमाणमा सुन अपुग छ ।उनको यो भनाइबाट के प्रमाणित हुन्छ भने बाँकी ५० अर्ब रुपैयाँको सुन तस्करीकै हो ।

आयातको तथ्यांक हेर्ने हो भने वार्षिक २७ अर्बदेखि ३० अर्बसम्मको सुन आयात हुने गरेको छ । सुनका गहना बनाएर बिक्री गर्दा करिब ३५ अर्ब जति पुग्ने उनीहरूको हिसाब छ । बजारमा केही हिस्सा भने पुरानो सुनबाट वार्षिक करिब १५ अर्ब रुपैयाँको सुन कारोबार हुने गरको छ ।

सरकारी कोटाले बजार नधानेपछि तस्करहरू मौलाउने मौका सरकार आफैंले दिएको महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले बताए । सरकार पुरानै रवैयामा छ बजार कहाँ पुगिसक्योु, उनले भने, सुनले बजार नधानेको धेरै भैसक्यो, यसमा सरकारको ध्यान जानुपर्छ । नेपाल राष्ट्र बैंकले दैनिक १५ किलो सुन आयात गर्न पाउने कोटा निर्धारण गरेको छ ।

यसको अर्थ हो वार्षिक पाँच हजार चार सय ४७ किलो सुन नेपालमा वैधानिक तरिकाले भित्रन्छ । विवाह र चाडपर्वका बेला वर्षको करिब चार महिना दैनिक २० किलो सुन आयातका लागि सरकारले अनुमति दिने गरेको छ । यसरी हिसाब गर्दा पनि वार्षिक ६ हजार किलो सुनमात्र वैधानिक तरिकाबाट नेपाल भित्रने हो । बाँकी सबै तस्करी कै सुन हो । अन्नपूर्ण पोस्टबाट । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.