२०७३ पुष २८ गते १३:३४ विकासन्युज
काठमाडौं, २८ पुस । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई सेयर १८ दशमलब २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बुधबार बसेको १८३ औँ सञ्चालक समितिको बैठकले गरेको हो ।
हाल लक्ष्मी बैंकले प्रोफेसनल दियालोे विकास बैंकलाई खरीद (एक्वाएर) गर्ने प्रक्रियामा चलिरहेको छ । उक्त विकास बैंकलाई खरिद गरेपछि बैंकले १०० प्रतिशत(शतप्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ, जुन बैंकको साधारणसभाले पारित गरिसकेको छ ।
हकप्रद निष्कासन र दियालाे विकास बैंक खरिदपछि मात्र बैंकले लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई बोनस वितरण गर्ने छ ।
त्यसबेला कायम चुक्ता पूँजीसँग समायोजन गर्दा लक्ष्मीले घोषणा गरेको बोनस सेयर १८ दशमलब २९ प्रतिशत हुने बैंकले जनाएको छ । बोनस र हकप्रद पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी सात अर्ब नाघ्ने छ।
गत असार मसान्तकाे पुँजीकाे अाधारमा भने बैंकले दिने बाेनस सेयर ३८ प्रतिशत भएकाे जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.