चक्रपथभित्र गुड्न थाले १० वटा महानगरका बस, थप ४० वटा सिटी बस भित्र्याउने तयारी

  २०७३ पुष १५ गते १७:२५     विकासन्युज

काठमाडौ, १५ पुस । चक्रपथमा लोकप्रियता कमाएको महानगर यातायातले शुक्रबारदेखि राजधानीका चक्रपथभित्रका रुटमा पनि बस सञ्चालनमा ल्याएको छ । हालसम्म चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगले यात्रुहरुको माग भएको भन्दै भित्री रुटमा १० बस सञ्चालनमा ल्याएको हो ।

mahanagar-bus

महानगरका बसले शुक्रबारदेखि राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा शुरु गरेका छन् । यी रुटमा छिट्टै थप बस पनि सञ्चालन गर्ने जानकारी महानगरका अध्यक्ष मधुसुदन अधिकारीले दिएका छन् । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिएको महानगरले जनाएको छ ।

महानगर यातायातले केही दिन अघि देखि आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरिसकेको छ । भित्रीरुटमा सेवा शुरु भएसँगै अब थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको जानकारी उपाध्यक्ष सन्तोष खतिवडाले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.