मेगा र सम्साराबीच रेमिट्यान्स सम्झौता, तीन मुलुकको रेमिटेन्स कारोबार सहज

  २०७३ पुष १२ गते १७:२८     विकासन्युज

mega-samsara-remitकाठमाडौं, १२ पुस । मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मंगलबार सम्पन्न उक्त सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरि खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

मेगा बैंकको हाल ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमिट एजेन्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.