समस्याग्रस्त सबै बैंक तथा फाइनान्स तीन महिना भित्र सञ्चालनमा आउने

  २०७३ पुष ७ गते १२:५९     विकासन्युज

dr_chiranjibi_nepalकाठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाबाट हटाएको छ । समस्याग्रस्तबाट मुक्त भएपछि फाइनान्स कम्पनीले आजदेखि नियमित कारोबार शुरु गरेको छ । राष्ट्र बैंकका गभरनर डा. चिरञ्जीवी नेपालले जनरल फाइनान्सको नयाँ कारोबारको औपचारिक शुभारम्भ गरेका छन् ।

सो कार्यक्रममा बोल्दै गभरनर नेपालले नेपालको वित्तीय क्षेत्र सुधारको अवस्थामा रहेको बताए । ११ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा रहेकोमा जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको बताउँदै नेपालले बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी तीन महिना भित्र सञ्चालनमा आउने बताए ।

समस्याग्रस्त ८ वटा बैंक तथा वित्तीय संस्थामा नयाँ लगानीकर्ताको प्रवेश भएको र उनीहरुले आगामी चैत मसान्तसम्ममा सामान्य अवस्थामा सञ्चालन गर्ने प्रतिवद्धता राष्ट्र बैंक समक्ष गरिसकेको डा. नेपालले जानकारी गराए ।

जनरल फाइनान्समा गोविन्द कुमार श्रेष्ठ, शेष घले, राजेन्द्र कमार शर्मा लगायत गैह्र आवसिय नेपालीले लगानी गरेका छन् । हाल यस कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । आगामी असार मसान्तसम्म ८० करोड रुपैयाँ पुर्याउने प्रतिवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.