फागुन ८ र ९ गते पुर्वाधार सम्मेलन, भारतीय रेलमन्त्रीले विशेष सम्बोधन गर्ने

  २०७३ पुष ६ गते १७:२३     विकासन्युज

काठमाडौं, ६ पुस । नेपाल उद्योग परिसंघ(सिएनआई)ले आगामी फागुन ९ र १० गते राजधानीमा पुर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ । परिसंघले सरकार र युवा निर्माण व्यवसायी समाजसँग मिलेर पुर्वाधार सम्मेलन आयोजना गर्न लागेको हो ।

cni_infrastructures

प्रधामन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा भारतको संघिय रेलमन्त्री सुरेश प्रभुले प्रमुख वक्ताका रुपमा पुर्वाधार विकासबारे धारणा राख्ने कार्यक्रम रहेको छ । ‘नेपालको दिर्घकालिन महत्वका पुर्वाधारहरुमा निजी क्षेत्रको सहभागीता बढाउने र दिगो पुर्वाधार विकासको उदेश्यसहित पुर्वाधर सम्मेलन गर्न लागेका हौं’, परिसंघ अध्यक्ष हरिभक्त शर्माले भने ।

परिसंघ अध्यक्ष शर्माले निजी क्षेत्रको व्यवस्थापन क्षमताको सदुपयोग गर्दै पुर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सम्मेलनले योगदान दिने अपेक्षा पनि व्यक्त गरे । उनले नेपालको पुर्वाधारका क्षेत्रमा निजी क्षेत्रले नयाँ प्रबिधी भित्र्याउन पनि महत्वपुर्ण भूमिका खेल्न सक्ने धारण पनि राखे । उनले नेपालाई भारतीय तथा चिनियाँ रेल वे सञ्जालमा जोड्न नसक्दासम्म आर्थिक समृद्धि हासिल हुनै नसक्ने धारणा पनि राखे ।

उनले पुँजीगत खर्च न्युन हुनुमा सरकारको खर्च गर्ने कार्यबिधीमै समस्या रहेको आरोप पनि लगाएका थिए ।‘निजी क्षेत्र अनिवार्य साँझेदार भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा ५ सय भन्दा बढि निर्माण व्यवसायीले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।

परिसंघका उपाध्यक्ष बिष्णु अग्रवालले नेपालको पुर्वाधार विकासका समस्या र समाधानका उपाय खोज्न तथा दिर्घकालिन पुर्वाधार विकास रणनीति बनाउन सम्मेलन फलदायी हुने अपेक्षा समेत व्यक्त गरे । सम्मेलनको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.