नारायणघाट–मुग्लिङ्ग सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द, निर्माण अवधि अनिश्चित

  २०७३ पुष १ गते १०:३५     विकासन्युज

काठमाडौं, १ पुस । नारायणघाटदेखि मुग्लिङ्ग सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणघाट–मुग्लिङ्ग सडक आयोजनाले पुस ७ गतेदेखि अनिश्चित अवधिसम्म विहान ११ बजेदेखि दिहुँसो ३ बजेसम्म सवारी साधन चल्न नदिने जनाएको छ ।

आयोजनाले बैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । तर उक्त सडक खण्डआसपासमा बैकल्पिक सडक छैनन् ।
विश्व बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तरगर्त उक्त खण्डमा सकड विस्तार कार्य गत दुई वर्षदेखि हुँदै आएको छ । उक्त सडक खण्ड निर्माणमा गम्भिर लापरवाही भएको, करोडौ रुपैयाँ घोटाला भएको र वर्षौसम्म सर्वसाधारणले सास्ती भोग्नु भर्ने देखिएको स्थानीय जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.