एनएमबि बैंकको सामाजिक कार्य अन्तर्गत मन्दिर सरसफाई तथा व्यवस्थापन कार्यक्रमको आयोजना

  २०७३ मंसिर ३० गते १२:२१     विकासन्युज

nmb_bankकाठमाडौं, ३० मंसिर । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थापाथली स्थित गोरखनाथ मन्दिरको अवषेशलाई मन्दिर परिसरमै सुरक्षित राख्ने तथा सरसफाइ, व्यवस्थापन कार्यक्रमको आयोजना गरेको छ । बिनाशकारी भुकम्पले सो मन्दिर पूर्णरुपले क्षति भएको थियो । गुठि संस्थानसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानिय बासिन्दाहरुको सहभागिता थियो ।

“सम्पदा संरक्षणको साथमा एनएमबि बैंक” भन्ने नारा लिएर एनएमबि बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ साल देखि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । एनएमबि बैंकको एनएमबि सोसियल इनिशिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदा क्षेत्रहरुको जिर्णोद्धार, सफाइ कार्यक्रम तथा एनएमबि बैंक हेरिटेजवाकको पनि आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.