आइकाओले औल्यायो हवाई दुर्घटनामा मात्रै ८७ कमजोरी, नेपाली वायुसेवालाई एओसी पाउनै मुस्किल, एक वर्षसम्म दौडधूप गर्नुपर्ने

  २०७३ मंसिर २७ गते १३:१८     विकासन्युज

काठमाडौं २७, मंसिर । नेपालले दुर्घटना जाँच नियमावली २०७१ र प्रोसिड्युअर बनाएको भएपनि त्यसको कार्यान्वयनको अवस्था कमजोर रहको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)ले औल्याएको छ । सरकारले २०७१ मा बनाएकै नियमावलीको कार्यान्वयन अझै नगर्नु र उड्डयन सुरक्षा सुधारमा चासो नदिनु सहितका विषयमा आइकाओले कमजोरी देखाएको प्राधिकरका उपमहानिर्देशक राजन पोखरेलको भनाइ छ । उनका अनुसार आइकाओको तीन साता अगाडि नेपाल आएको एक टोलीले हवाई दुर्घटनामा ७८ वटा कमजोरी औल्याएको छ । caan-a

नेपालले निर्माण गरको नीति र मापदण्डको पालना गरेको अवस्थामा हवाई दुर्घटन जाँचमा प्रगति देखिने पनि मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको कामप्रति आइकाओको टोली सन्तुष्ट रहेको भएपनि कार्यान्वयन सामान्य विषयमा पनि नभएको विषयमा देखिएको कमजोरी नै प्रमुख कमजोर औल्याएको छ ।

प्राधिकरणका अनुसार कुनै पनि वायुसेवालाई व्यवस्थित ढंगले अनुमति दिन थालिएको तथा प्राधिरणले असहयोग नगरेको बताएको छ ।

नेपाल वायुसेवालाई एओसी पाउनै मुस्किल

नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले तीन वर्षअगाडि सूरक्षा सूची अर्थात कालोसूचिमा राखेपछि नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै कडाई भएको छ । नयाँ वायुसेवालाई एओसी पाउनै हम्मेहम्मे पर्ने गरेको छ ।

आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको सम्बन्धित वायुसेवा कम्पनीको गुनासो छ ।

इयुले तीन वर्ष अगाडि नेपाली वायुसेवालाई यूरोपेली आकाशमा उड्न नपाउने र नेपालका वायुसेवामाथि कडा निगरानी राखिरहेको छ । कालोसूचिमा राखेपछि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको छ ।

नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति लिनमै दौडधूप गर्नुपरेको छ । नियमित आन्तरिक उडानको अनुमति लिने तयारी गरिरहेको श्री एयरलान्यसले पनि करीब ६ महिनादेखि दौडधूप थालिरहेको छ ।

पर्यटन मन्त्रालयबाट चार महिना अगाडि नै इजाजत पाएको श्री एयरलाइन्सले एओसीको प्रकृया तत्कालै सुरू गरेको भएपनि यसको काम भर्खरै प्रारम्भिक चरणमै रहेको पनि उल्लेख छ ।

नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ ।

यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ ।

प्राधिकरणले पछिल्लो समय हवाई क्षेत्रको नियमनका लागि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई निकै कडाइ गरेको निजी क्षेत्रका वायुसेवा कम्पनीको भनाइ छ । एक निजी वायुसेवा कम्पनीका अनुसार पछिल्लो समय प्राधिकरणले वायुसेवाको उडान संचालन एओसीमा निकै कडाइ गरेको पनि उल्लेख छ ।

एक निजी वायुसेवा कम्पनीका अनुसार प्राधिकरणले आइकाओको विशेषज्ञ टोली राखेर आवेदन मूल्यांकन गर्ने र उसैले भनेअनुसार मात्रै काम गर्ने गरेको छ । प्राधिकरणको आफैंले गर्ने निर्णय क्षमता कमजोर रहेकोले पनि अर्काको भर पर्दा कडाइ हुने र समयमा नै अनुमति पाउन नसकिने उल्लेख छ । प्राधिकराले गरेको कडाइ अनुसार हवाई क्षेत्रको सुधार भने हुन सकेको छैन ।

एभरेष्ट हेलिले थाल्यो उडान
एक वर्षको दौडधूपपछि प्राधिकरणको हवाई उडान सुरक्षा विभागले गत विहिबार एभरेष्ट हेलिलाई उडान संचालन अनुमति दिएको छ । यो वायुसेवाले श्री एयरलाइन्ससँग एयरवस हेलिकोप्टरका दुई वटा हेलिकोप्टर खरिद गरेर उडान सुरु गरेको हो । थप एक हेलिकोप्टर एक वर्ष भित्रै संचालन गर्ने तयारीमा रहेको यो वायुसेवाले गत शुक्रबारबाटै उडान सुरु गरेको एभरेष्ट हेलिका अध्यक्ष लाक्पा शेर्पाले बताए ।shree_airlines

उनका अनुसार तत्काल दुईवटा हेलिकोप्टर सञ्चालन गर्दै गर्ने र आगामी एक वर्षभित्र अर्को एक नयाँ हेलिकोप्टर थप गर्ने योजना कम्पनीको छ । एभरेस्ट हेलीमा शेर्पासहित ६ जना सञ्चालक छन् । अन्य पाँचजनामा पर्वतारोही मिङ्मा शेर्पा, क्याप्टेन निशल केसी, इन्जिनियरत्रय जनक थापा, ईश्वरी लामिछाने र राजेश्वर श्रेष्ठ छन् ।

आन्तरिक उडानमा एभरेस्ट हेली थप भएपछि हेलिकोप्टर सेवा प्रदायकको संख्या नेपाली सेनाकोसहित १० वटा पुग्ने भएको छ । हाल नेपाली आकाशमा सिम्रिक एयर, मनाङ, नेपाली सेना, श्री एयरलाइन्स, फिस्टेल एयर, माउन्टेन हेलिकोप्टर, एयर डाइनेस्टी, प्रभु हेलिकोप्टर र अल्टिच्युट हेलिकोप्टरले सेवा दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.