पोखराको रुपा ताल संरक्षण गर्न एक अर्ब रुपैयाँ खर्च गर्ने सरकारको निर्णय, दाङ उपत्यकाको लागि पानी संरक्षण योजना

  २०७३ मंसिर २६ गते १९:१९     विकासन्युज

काठमाडौं, २६ मंसिर । सरकारले पोखराको रुपा ताल संरक्षणको लागि एक अर्ब रुपैयाँ खर्चने भएको छ । केही दिनअघि मन्त्रिपरिषदबाट पास भएको उक्त आयोजना चालू आव बाटै कार्यान्वयनमा लैजाने सिंचाइ मन्त्रालयका सह–सचिव सागरकुमार राईले बताए ।

‘सरकारले ८ सय ५५ रोपनी जग्गा अधिग्रहण गरी गरी ताललाई वरिपरि ड्याम्प बनाएर पुरानै अवस्थामा पु¥याउन लागिएको हो,’ उनले भने ‘अब हामी यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने छौं ।’ पर्यटकीय नगरी पोखरामा पर्यटन प्रवद्र्धन गर्न सरकारले यो कार्यक्रम अघि बढाएको उनले बताए ।

rupa-lake‘अहिले मन्त्रालयसँग यस आयोजनाको लागि कुनै रकम नभएपनि सिंचाइ मन्त्रालयलाई चालू आवका लागि विनियोजित गरिएको बजेटबाट खर्चको व्यवस्थापन गरी संरक्षण कार्यलाई अघि बढाउने उनको भनाइ छ । पछिल्लो समय यस्ता ताल तलैयाहरुको क्षेत्रफल घट्नुका साथै गहिराई पनि पुरिदै गएर तालको अस्थित्वमै संकट पर्न लागेपछि सरकारले ताल तलैया संरक्षण कार्य अघि सारेको हो । मन्त्रालयले ‘रुपा ताल संरक्षण परियोजना मार्फत दुई वर्षमा ताललाई ५०÷६० वर्ष अघिको प्राकृतिक अवस्थामा पु¥याउने लक्ष्य लिएको छ ।

त्यसैगरी सरकारले चालू आवबाटै दक्षिण एशियाकै ठूलो उपत्यका दाङमा पानीको उपलब्धता कम भएका भन्दै सरकारले ‘बृहत्तर दाङ उपत्यका माडी लुङ्ग्री’ सिचाई आयोजना पनि अघि बढाएको छ । दाङ उपत्यकामा दीर्घकालीन रुपमा पानीको उपलब्धता गराउन अर्थात यसको समग्र विकासको लागि पानी अत्यावश्यक भएको भन्दै सरकारले सो आयोजना अघि बढाएको राईले जानकारी दिए । सात वर्षसम्म सञ्चालन ह्ुने उक्त आयोजनाको निर्माण अवधि ७ वर्ष लाग्ने अनुमान गरिएको छ ।

सरकारले यस आवदेखिनै पहाडका ५३ जिल्लामा जोखिमयुक्त पहिरो न्यूनिकरण आयोजना पनि सञ्चालन गर्ने भएको छ । यस वर्ष सरकारले पहिरो जाने क्षेत्रको अध्ययन अनुसन्धान गरी उक्त आयोजना कार्यान्वयनमा लैजाने योजना बनाएको हो । कार्यक्रमअन्तर्गत पहिरोको वर्गीकरण गरी यसको रोगथामका उचित उपायहरु अपनाइने योजना तथा कार्यक्रम महाशाखा प्रमुख समेत रहेका राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.