भारु ५०० र एक हजारको नोटमा लागेको प्रतिबन्धको महिना दिन, उपलब्धि शुन्य

  २०७३ मंसिर २३ गते १३:३०     विकासन्युज

indian_rs_bandकाठमाडौं, २३ मंसिर । भारत सरकारले भारु ५०० र एक हजारको नोटमा प्रतिबन्ध लगाएको विहिबार एक महिना पुगेको छ । भारु ठूला दरका नोटमा प्रतिबन्ध लगाएको एक महिना पुग्दा पनि नेपालमा भएको भारु ५०० र एक हजारको नोटको सटहीबारे सरकार अझै अनिर्णित रहेको छ ।

भारत सरकारले आफ्नो देशबासीको लागि ५०० र एक हजारको भारु डाक घर वा बैंकमा गएर ५० दिनभित्रमा साटिसक्न समय सिमा तोकेको छ । सो समयसिमामा अव जम्मा २० दिनमात्र बाँकी रहेको छ ।

तर नेपालमा रहेका ५०० र एक हजार दरका भारुको सटहीको बारेमा सरकारी प्रयास भने पर्याप्त नहुदा अझै के गर्ने भन्ने अन्यौलता कायम नै छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालसँग टेलिफोन कुराकानी गर्दै आरबिआइका गभर्नर उर्जित पटेलले नोटको समस्या समाधान गर्न एउटा कार्यदल बनेको जानकारी गराएको राष्ट्र बैंकले जनाएको थियो । तर सो कार्यादलले कस्तो सुझाव दियो र नेपालमा भएको भारुको समस्या बारे के भइरहेको छ भन्ने विषयमा भने राष्ट्र बैंकले केही बोलेको छैन ।

गभर्नर डा. नेपालले भने दैनिकजसो भारतीय राजदुत रन्जित रे र आरवीआइका गभर्नर उर्जित पटेलसँग कुराकानी भइरहेको र सकारात्मक रुपमा अगाडी बढेको भनेपनि भारतले नेपालमा रहेको ५०० र एक हजारको भारुको विषयमा कुनै चासो देखाएको छैन । सरकार र राष्ट्र बैकको कमजोरीका कारण ५०० र एक हजारको भारुको विषयमा निर्णय हुन नसक्दा सर्वसाधरणले दुख भोग्नुपरेको छ ।

‘एक महिना वितिसक्दा पनि भारतीय ठुला दरका विषयमा अझै अन्यौलता कायमै रहेको छ’ न्युरोडका व्यापारी प्रेम अग्रवालले भने । उनले सरकारसँग आक्रोस पोख्दै भने—‘सर्वसाधरणलाई यसरी अल्मल्याएर राख्नु हुदैन यदी ५०० र एक हजारको भारु साटिदेन भने नसाट्ने भनिदिए हुन्छ सर्वसाधरण अरु विकल्प खोज्छन् ।’

नेपाल राष्ट्र बैंकका अनुसार, नेपालको बैकिङ प्रणाली र मनि चेञ्जरहरुसँग कुल तीन करोड ३६ लाख बराबरको ५०० र १००० दरका भारु नोट छन् । तर व्यापारी, नेपाल भारत आउजाउ गर्ने सर्वसाधारण र कामका लागि भारत पुगेका सूदूर पश्चिमका सर्वसाधारणसँग ठूला दरको भारु कति छ भन्ने अझै यकिन भएको छैन ।

भारत सरकारले कालोधन नियन्त्रणका लागि भन्दै एक महिनाअघि ५ सय र एक हजार दरका नोट कारोबारमा रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.