गोविन्द केसीले आज अनशन तोड्दै, केसीको मागबारे सहमति नजिक

  २०७३ मंसिर १९ गते ८:०२     विकासन्युज

काठमाडौं १९, मंसिर । डा. गोविन्द केसीले आइतबार अनशन तोड्ने सम्भावना छ । केसी समर्थक र सरकारी वार्ता टोली शनिबार सहमतिनजिक पुगे पनि औपचारिक रूपमा आइतबार मात्र हस्ताक्षर गर्ने समझदारी भएको छ । केसी समर्थक र सरकारी वार्ता टोलीले १२ बुँदे मस्यौदा तयार पारेको थियो । dr-govinda-kc

केसीले सहमतिलाई मन्त्रिपरिषद् बैठकले पास गर्नुपर्ने, दुई साताभित्र न्यायिक परिषद् गठन गर्नुपर्नेलगायत विषयमा अडान राखेका छन् । उनले त्रिविका उपकुलपति डा। तीर्थ खनियाँको राजीनामाको अडानलाई पनि छाडेका छैनन् ।

शनिबार दिउँसो नै केसीलाई सहमत गराई हस्ताक्षर गराउने भनिए पनि नसकिएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । तर, मोटामोटी रूपमा १२ बुँदामा सहमति भइसकेकाले आइतबारसम्म केसीले अनशन तोड्ने उनले विश्वास व्यक्त गरे ।

केसीका सहयोगी जीवन क्षेत्रीले पनि दुई पक्षले तयार पारेको मस्यौदामा माटामोटी सहमति भइसकेकाले आइतबार अनशन तोड्न सक्ने बताए । केसीले बिहान ९ बजे पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने तयारी गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.