नमस्ते वित्तीय संस्थाको ३ लाख ७५ हजार कित्ता हकप्रद खुला, पुस ८ गतेबाट आवेदन दिन पाइने

  २०७३ मंसिर १७ गते ९:०४     विकासन्युज

काठमाडौं १७, मंसिर । नमस्ते वित्तीय संस्था लिमिटेडले ३ लाख ७५ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले एक सय रुपैयाँ अंकित यो सेयर आगामी पुस ८ गतेबाट माग १३ गतेसम्म आवेदन दिन पाइने गरी हकप्रद सेयर निष्कासन गरेको हो । namaste_bittiye_sastha

यो वित्तीय संस्थाले शत प्रतिशत अर्थात एक सेयर बराबर एक नै (१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गरेको हो । यो संस्थाले मंसिर २३ गतेसम्म सेयर खरिद गरेका र २४ गतेबाट सेयरधनी दर्ता किताव बन्द गरिएको दिनसम्मको लागि हकप्रदको निम्ति आवदेन दिन पाउने उल्लेख गरेको छ ।

दाङको घोराइमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्था बैंक नेपाल राष्ट्र बैंककाट ग वर्गको इजाजतप्राप्त संस्था हो । यसको सेयर आवेदन दिन एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट हकप्रद सेयरको आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटले लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.